चर्चामा
वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूबाट आधा करोड रुपैयाँभन्दा बढी ठगी गरी फरार रहेका दुई जना मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले गोप्य सूचनाका आधारमा काठमाडौँको टोखा क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्ने गिरोहका सदस्यहरूले दर्जनौँ युवाहरूलाई आकर्षक तलब र सुरक्षित भविष्यको प्रलोभन देखाएर प्रतिव्यक्ति लाखौँ रुपैयाँ असुल गरेका थिए। रकम असुल गरेपछि उनीहरू लामो समयदेखि सम्पर्कविहीन भई फरार रहँदै आएका थिए।पीडितहरूले दिएको उजुरीका आधारमा खोजतलास तीव्र पारेको प्रहरी टोलीले टोखामा लुकिछिपी बसिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गर्न सफल भएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले हालसम्म ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिसकेको खुलेको छ।पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाउने तयारी भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले उनीहरूसँगै ठगी धन्दामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको पनि खोजी कार्य जारी राखेको छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!