भारी वर्षाको जोखिममा विद्यालय विदा गर्न शिक्षा मन्त्रालयको आग्रह

भारी वर्षाको जोखिममा विद्यालय विदा गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौँ । असोज ९, १० र ११ गते विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमानपछि शिक्षा मन्त्रालयले विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राखी आवश्यकतानुसार असोज ८ र ९ गते स्थानीय तहसँग समन्वय गरी विद्यालय विदा गर्न आग्रह गरेको छ।

यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ देखि ११ गतेसम्मका परीक्षा आवश्यकतानुसार स्थगित गर्न अनुरोध गरिएको छ। सुरक्षित विद्यालय भवनलाई आवश्यक परे अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न तथा अभिभावकले बालबालिकालाई नदी, खोला, पोखरी र पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
9 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP