चर्चामा
काठमाडौं । पछिल्लो समय विश्वभर चर्चामा रहेको शक्तिशाली ‘एल निनो’ ले अत्यधिक गर्मी बढाउँदा आगामी महिनाहरूमा ठूलो मानवीय क्षति हुनसक्ने नयाँ अध्ययनले चेतावनी दिएको छ। युनिभर्सिटी अफ सिकागोस्थित Climate Impact Lab को प्रक्षेपणअनुसार जुन २०२६ देखि फेब्रुअरी २०२७ सम्म सामान्य अवस्थाको तुलनामा करिब ४ लाख ५१ हजार अतिरिक्त गर्मीसम्बन्धी मृत्यु हुनसक्ने अनुमान गरिएको छ। यो निश्चित मृत्यु संख्या नभई वैज्ञानिक मोडलमा आधारित प्रक्षेपण हो।
आखिर एल निनो के हो?
एल निनो प्रशान्त महासागरको मध्य तथा पूर्वी भूमध्यरेखीय क्षेत्रमा समुद्रको सतहको पानी असामान्य रूपमा तात्ने प्राकृतिक जलवायु घटना हो। यसको प्रभावले विश्वका विभिन्न भागमा तापक्रम, वर्षा र हावाको ढाँचा परिवर्तन गर्न सक्छ।
यसपटकको एल निनो निकै शक्तिशाली बन्न सक्ने र विश्वको तापक्रममा थप वृद्धि गराउन सक्ने वैज्ञानिकहरूको आकलन छ। अध्ययनअनुसार आगामी महिनामा विश्वव्यापी भूमि तापक्रम सामान्य वर्षको तुलनामा करिब १.२ डिग्री सेल्सियस बढी हुनसक्छ र अत्यधिक गर्मी हुने दिन करिब ४४ प्रतिशतसम्म बढ्न सक्छन्।

कसरी मानिसको ज्यान जान सक्छ?
एल निनोले मानिसलाई प्रत्यक्ष रूपमा मार्ने होइन। यसको प्रभावबाट हुने अत्यधिक गर्मी, खडेरी, डढेलो, पानीको अभाव तथा खाद्य असुरक्षा जस्ता समस्याले मृत्युको जोखिम बढाउन सक्छन्। यस अध्ययनले विशेष रूपमा अत्यधिक गर्मीबाट हुनसक्ने अतिरिक्त मृत्युको अनुमान गरेको हो।
अध्ययनले अफ्रिकाको साहेल क्षेत्रमा मात्रै करिब ६६ हजार ८ सय अतिरिक्त मृत्यु हुनसक्ने अनुमान गरेको छ। भारतमा करिब १५ हजार ८ सय, इन्डोनेसियामा १९ हजार ३ सय, ब्राजिलमा १३ हजार ३ सय तथा फिलिपिन्स, भियतनाम, थाइल्यान्ड र कम्बोडियामा गरी करिब १९ हजार ४ सय अतिरिक्त मृत्युको प्रक्षेपण गरिएको छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!