चर्चामा
काठमाडौं । असोज ८ गते बिहानदेखि रातिसम्म धादिङ, चितवन र काठमाडौंसहित बागमती प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले केही स्थानमा अति भारी वर्षासमेत हुन सक्ने जनाएको छ।
मौसमविद्हरूका अनुसार काठमाडौं उपत्यकामा दिनभर वर्षा हुने सम्भावना रहेको छ भने धादिङ र चितवनमा वर्षाको मात्रा अझ बढी हुन सक्ने अनुमान गरिएको छ। लगातार वर्षासँगै पहिरो, डुबान तथा नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिम औँल्याइएको छ।
विशेषगरी त्रिशूली, नारायणी तथा तिनका सहायक नदीहरूको जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सडक यातायात, विशेषगरी पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा समेत असर पर्न सक्ने चेतावनी दिइएको छ।
विभागले आवश्यक नभएसम्म जोखिमयुक्त क्षेत्रको यात्रा नगर्न, स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी सूचनाको पालना गर्न तथा विपद् जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!