६ वर्ष साउदी बसेका छत्रबहादुर घर फर्किए, तर शव बाकसमा

६ वर्ष साउदी बसेका छत्रबहादुर घर फर्किए, तर शव बाकसमा

काठमाडौं । मोरङको उर्लाबारी-७ भद्रमारीका ५१ वर्षीय छत्रबहादुर पौडेल ६ वर्षदेखि साउदी अरबमा थिए। लामो समय विदेश बसेपछि भदौ १५ गते घर फर्किने तयारीमा रहेका उनी अन्ततः शव बाकसमा घर फर्किएका छन्।

साउदी अरबमा गत साउन १४ गते भएको दुर्घटनामा उनको मृत्यु भएको थियो। मृत्यु भएको ५३ दिनपछि मंगलबार बिहान करिब ३ बजे मात्रै उनको शव घर आइपुगेको हो। छत्रबहादुरकी श्रीमती देवी जिसी पौडेल र १९ वर्षीया छोरी स्मृति उनलाई घर फर्किने दिनको प्रतीक्षामा थिए। तर श्रीमान्को शव देखेपछि देवी सम्हालिन सकिनन्। अन्त्येष्टिका क्रममा बेहोस भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।

आफन्तका अनुसार छत्रबहादुरसँग साउदीमा बस्नका लागि आवश्यक कानुनी कागजात थिएन। श्रम स्वीकृति नभएको र भिसाको म्यादसमेत सकिएको अवस्थामा उनी त्यहाँ काम गर्दै आएका थिए। यही कारण शव नेपाल ल्याउने प्रक्रियामा ढिलाइ भएको बताइएको छ।

उनको मंगलबार नै उर्लाबारी-४ स्थित बक्राहा घाटमा अन्त्येष्टि गरिएको छ। छत्रबहादुर परिवारका मुख्य आर्थिक आधार थिए। उनको निधनपछि श्रीमती र छोरीसहित परिवार शोकमा डुबेको छ। वर्षौं विदेश बसेर परिवारको भविष्य बनाउने सपना बोकेका छत्रबहादुर अन्ततः घर फर्किन पाएनन्-फर्कियो त केवल उनको शव।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
9 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP