चर्चामा
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए–८१) का अवसरमा अमेरिकाको न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच द्विपक्षीय भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति फिनल्यान्ड सरकारले व्यक्त गरेको समवेदना र सहानुभूतिप्रति नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट धन्यवाद व्यक्त गरिएको जनाइएको छ।
दुवै मन्त्रीबीच नेपाल–फिनल्यान्ड सम्बन्धका विविध पक्षमा विचार आदान–प्रदान भएको थियो। साथै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने, आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने तथा बहुपक्षीय मञ्चहरूमा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ।
भेटवार्ता संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय सत्रका क्रममा भएको हो।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!