भोटेकोसी बाढीपछि नेपाललाई अमेरिकाको थप ३१ मिलियन डलर सहयोग

भोटेकोसी बाढीपछि नेपाललाई अमेरिकाको थप ३१ मिलियन डलर सहयोग

काठमाडौं । भोटेकोसी बाढीपछि जारी उद्धार, पुनःस्थापना र पुनर्निर्माणका लागि संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ३१ मिलियन डलर (करिब ४ अर्ब रुपैयाँ) सहयोग गर्ने भएको छ। न्युयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले सहयोग घोषणा गरेकी हुन्।

सहयोगमध्ये १० मिलियन डलर विशेष पुल निर्माणका लागि, ८ मिलियन डलर बाढी प्रभावित परिवारको पानी, सरसफाइ, आश्रय, सुरक्षा र जीविकोपार्जनका लागि तथा १३ मिलियन डलर विपद् व्यवस्थापनमा प्रयोग हुने अमेरिकी निर्मित ड्रोनका लागि उपलब्ध गराइने जनाइएको छ।

यससँगै बाढी प्रतिकार्य तथा पुनर्लाभका लागि अमेरिकाबाट नेपाललाई प्राप्त कुल सहयोग ३६ मिलियन डलरभन्दा बढी पुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
9 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP