आरोप लाग्दैमा अब सिधै हतकडी लगाउन नपाइने

आरोप लाग्दैमा अब सिधै हतकडी लगाउन नपाइने

काठमाडौं । आरोप वा अभियोग लागेकै आधारमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले अब स्वचालित रूपमा हतकडी लगाउन नपाउने भएको छ।
सर्वोच्च अदालतले सोमबार पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक रूपमा हतकडी नलगाउन प्रहरी प्रधान कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको हो।
अदालतका अनुसार पक्राउ परेको व्यक्ति भागेर उम्कने जोखिममा रहेको, पक्राउको प्रतिरोध गर्ने वा हिंसात्मक व्यवहार गर्न सक्ने तथा आफू वा अरूलाई क्षति पुर्‍याउन सक्ने जोखिम रहेको वस्तुगत आधार देखिएमा मात्रै हतकडी लगाउन सकिनेछ।
यस्तो अवस्थामा पनि हतकडी लगाउनु अपरिहार्य भएको कारणको अभिलेख राख्नुपर्ने सर्वोच्चको आदेश छ। जोखिम नदेखिएका व्यक्तिलाई पक्राउ परेकै आधारमा अनिवार्य रूपमा हतकडी लगाउन भने अदालतले रोक लगाएको छ।
विवेक चौधरी, रोशन आउजी र विकास यादवले हतकडीको मनमौजी प्रयोग रोक्न माग गर्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
9 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP