चर्चामा
काठमाडौं । सरकारले दशैं, तिहार र छठलगायत प्रमुख चाडपर्वका समयमा पनि अत्यावश्यक सार्वजनिक सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।सोमबार बसेको सचिव बैठकले चाडपर्वका समयमा नागरिकलाई अत्यावश्यक सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।बैठकले अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालनका लागि सम्बन्धित निकायले आवश्यक जनशक्ति व्यवस्थापन गर्नुका साथै स्रोतसाधन, यन्त्र तथा उपकरणहरू चुस्तदुरुस्त अवस्थामा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।मुख्यसचिव गोविन्दबहादुर कार्कीका अनुसार सम्बन्धित निकायहरूले सेवा सञ्चालनका लागि आवश्यक कार्यतालिका तयार गरी सोहीअनुसार जनशक्ति तथा स्रोतसाधन परिचालन गर्नेछन्।चाडपर्वका समयमा पनि स्वास्थ्य, सुरक्षा, खानेपानी, विद्युत्, यातायातलगायत अत्यावश्यक सेवामा अवरोध नआओस् भन्ने उद्देश्यले सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न भनिएको छ।
ललितपुरमा सरकारी मौज्दातमा राखिएको काठ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेपछि सशस्त्र प्रहरी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!