चर्चामा
काठमाडौं । दसैँको पूर्वसन्ध्यामा काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको असहजता क्रमशः हट्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा १६२ बुलेट ग्यास र ५० हजार ८०८ थान सिलिन्डर भित्रिएपछि उपभोक्तालाई राहत मिल्ने देखिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको पहलमा नेपाल आयल निगम, ग्यास उद्योगी तथा व्यवसायीसँग निरन्तर समन्वय गरी आपूर्ति बढाइएको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय ग्यास सहज रूपमा नपाउँदा गृहिणी, विद्यार्थी तथा आम उपभोक्ताले समस्या भोग्नुपरेको गुनासो बढेपछि सरकारले आपूर्ति व्यवस्थालाई प्राथमिकतामा राखेको थियो।
नेपाल आयल निगमको वीरगन्ज शाखाको दैनिक बिक्री विवरणअनुसार पछिल्लो अवधिमा २ हजार ९८२.४५० मेट्रिक टन ग्यास बिक्री तथा ढुवानी भएको छ। त्यसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५० हजार ८०८ सिलिन्डर पठाइएको हो।
ठूलो परिमाणमा ग्यास भित्रिएसँगै बजारमा देखिएको अभाव र उपभोक्ताको त्रास कम हुने अपेक्षा गरिएको छ। मन्त्रालयले चाडपर्वको समयमा कालोबजारी, कृत्रिम अभाव वा मनपरी मूल्यवृद्धि नगर्न व्यवसायीलाई निर्देशन दिँदै नियमित आपूर्ति कायम राखिने जनाएको छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!