त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको उपचारका क्रममा मृत्यु

त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा आगजनी भएको बसका चालक २५ वर्षीय अर्जुनदावा लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा त्रिपुरेश्वरमा आगजनी भएको थियो ।

घटना हुनुभन्दा केही मिनेटअघि चालक लामाको ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको छ ।

आगजनीबाट घाइते भएका लामाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
13 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP