अन्तिम बिल भुक्तानीका लागि घुस मागेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अन्तिम बिल भुक्तानीका लागि घुस मागेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटाका तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर काकी र सब–इन्जिनियर रविन श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आयोगका अनुसार भोजपुरस्थित विद्यालय भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानी गरिदिने नाममा सेवाग्राहीसँग घुस मागिएको थियो। विभिन्न प्राविधिक समस्या देखाउँदै बिल भुक्तानी प्रक्रिया रोकी सेवाग्राहीलाई दुःख हैरानी दिएर १ लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ। 

अनुसन्धानका क्रममा ५० हजार रुपैयाँ रविन श्रेष्ठको बैंक खाताको क्यूआरमार्फत जम्मा गराइएको र बाँकी ८५ हजार रुपैयाँ सुमन राईले नगद बुझेको खुलेको अख्तियारले जनाएको छ। 

आयोगले तीनै जनाविरुद्ध १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
13 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP