रेवती रमन दासलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन इस्कोन नेपालको निर्देशन

रेवती रमन दासलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन इस्कोन नेपालको निर्देशन

काठमाडौं ।इस्कोन नेपालले भारतका रेवती रमन दासलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
इस्कोन नेपालको वार्षिक साधारणसभा अर्थात् एजीएमको निर्णय सार्वजनिक गर्दै संस्थाले रेवती रमन दासको भूमिकामाथि प्रश्न उठाएको हो।
एजीएमले इस्कोन नेपालका आठ पदाधिकारीलाई आवश्यक प्रक्रिया पूरा नगरी इमेलमार्फत निलम्बन गरिएको दाबी गरेको छ।
उक्त निलम्बन इस्कोनको कानुनी पुस्तिका तथा प्रचलित नेपाली कानुनअनुसार नभएको एजीएमको दाबी छ।
त्यस्तै, उपचाररत जयपताका स्वामीको नाम आवश्यक स्वीकृतिबिना प्रयोग गरिएको आरोपसमेत लगाइएको छ।
इस्कोन नेपालले रेवती रमन दासलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरणसहित क्षमायाचनाको अनुरोध पेश गर्न निर्देशन दिएको जनाएको छ।
निर्देशनको पालना नभए सम्बन्धित सरकारी निकायमार्फत प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP