चर्चामा
काठमाडौँ। विश्वको आठौँ अग्लो मनास्लु हिमाल (८,१६३ मिटर) आरोहणका क्रममा गएको हिमपहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा भारतीय मूलका जर्मन नागरिक ध्रुव ज्योति गुहा र नेपाली गाइड फुरसेम्बा शेर्पा रहेका छन्।आयोजक एजेन्सी मकालु एड्भेन्चरका अनुसार, शनिबार राति मनास्लुको क्याम्प-३ (करिब ६,३०० मिटर) मा टोली बसेको टेन्टमाथि ठूलो हिमपहिरो खसेको थियो। मौसम बिग्रिएपछि टोलीका अन्य सदस्यहरू क्याम्प-२ बाटै आधार शिविरतर्फ फर्किएका थिए भने गुहा र शेर्पा आरोहण जारी राख्न क्याम्प-३ पुगेका थिए।
आइतबार बिहान सम्पर्क विच्छेद भएपछि खटाइएको उद्धार टोलीले क्याम्प-३ मा करिब सात फिट हिउँमुनि पुरिएको अवस्थामा उनीहरूको शव फेला पारेको हो।शवहरूलाई आधार शिविर ल्याएर मौसम अनुकूल हुनासाथ हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ। यो घटनासँगै यस शरद ऋतुमा मनास्लु हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!