चर्चामा
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको अभावको समस्याको प्रारम्भिक कारणबारे जानकारी दिएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै मन्त्री साहले बजारमा ग्यास अभावका कारण नागरिकले भोगिरहेको समस्याप्रति सरकार गम्भीर रहेको बताए। उनले ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले ‘फिसबोन डायाग्राम’ नामक प्राविधिक विश्लेषण उपकरण प्रयोग गरेको जानकारी दिए।
मन्त्री साहका अनुसार विश्लेषणबाट ग्यास अभावमा आपूर्ति, पूर्वाधार, आर्थिक तथा नीतिगत पक्ष, कानुन, वितरण प्रणाली तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणको संयुक्त प्रभाव देखिएको छ।
उनले ग्यास आपूर्तिमा आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङ क्षमताको सीमितता, डिलर तथा सेवा केन्द्रको असमान वितरण र खाली सिलिन्डर फिर्तामा हुने ढिलाइ प्रमुख समस्याका रूपमा देखिएको बताए।
यी कारणले माग र आपूर्तिबीच असन्तुलन सिर्जना भएको मन्त्री साहको भनाइ छ। उनले ग्यासको कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा अन्तरनिकायबीच समन्वयको कमीले पनि आपूर्ति व्यवस्थापनमा समस्या उत्पन्न गरेको बताए।
मन्त्री साहले ग्यास अभावसहित आपूर्ति क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले निरन्तर काम गरिरहेको दाबी गरे।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!