चर्चामा
लाइसेन्स लिन र नवीकरण गर्न लामो समय कुर्नुपर्ने झन्झट घट्ने भएको छ। सरकारले साउन १ गतेदेखि विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु गरेको छ। नयाँ प्रणाली लागू भएसँगै नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रिया छिटो, सहज र सेवामुखी हुने अपेक्षा गरिएको छ। व्यवस्था अनुसार अब प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै स्तरबाट सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्नेछन्। यसले लाइसेन्स छपाइमा देखिँदै आएको ढिलाइ कम गर्दै सेवाग्राहीलाई छिटो सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। नयाँ प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भएमा लाइसेन्सका लागि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!