चर्चामा
काठमाडौं। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर सुरु भएको वडा अधिवेशन कार्यक्रमअन्तर्गत ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार सम्पन्न वडा अधिवेशनबाट सम्बन्धित वडाका कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन्।
निर्वाचन कार्यक्रमअनुसार ताप्लेजुङदेखि कैलालीसम्मका ४३ जिल्लाका ३३९६ वडामा अधिवेशन सम्पन्न भएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको छ। सोही महाधिवेशनको प्रक्रिया अन्तर्गत वडा तहबाट नेतृत्व चयनको काम सुरु गरिएको हो।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशनको प्रक्रिया आइतबार पनि जारी रहने जनाएको छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!