माडीको पाण्डवनगरमा बन्यो विश्वकै ठुलो पर्शु (बन्चरो), धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै 'परशुराम धाम'

माडीको पाण्डवनगरमा बन्यो विश्वकै ठुलो पर्शु (बन्चरो), धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै 'परशुराम धाम'

चितवन, माडी।चितवनको माडी नगरपालिका वडा नम्बर १ मा अवस्थित पाण्डवनगरमा विश्वकै सबैभन्दा ठुलो पर्शु (बन्चरो) निर्माण कार्य सम्पन्न भएको छ। पौराणिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्यका साथ परशुराम धाम (पाण्डवनगर) मा विशाल पर्शुसहितको आकर्षक पार्क निर्माण गरिएको हो।

यस गौरवशाली आयोजनाका लागि वाग्मती प्रदेश सरकार र माडी नगरपालिकाको संयुक्त लगानी र विशेष बजेट विनियोजन गरिएको थियो। सरकारको तर्फबाट उपलब्ध विनियोजित रकम र स्थानीयको सक्रियताका कारण यस पार्कले छोटो समयमै मूर्त रूप लिन सफल भएको हो।

एक विघा जग्गा दान
यस धार्मिक एवं पर्यटकीय पूर्वाधार निर्माणका लागि स्थानीय धर्मानुरागी शारदा माताको स्वामित्वमा रहेको करिब एक विघा जग्गा परशुराम धाम पर्यटन समितिलाई दानस्वरूप उपलब्ध गराइएको हो। शारदा माताको यो महत्त्वपूर्ण भूमिसहयोग नै यस ऐतिहासिक परियोजनाको जग बनेको पर्यटन समितिले जनाएको छ। 

धार्मिक पर्यटनमा नयाँ आयाम
विश्वकै ठुलो बन्चरो स्थापना भएसँगै परशुराम धामले हजारौँको सङ्ख्यामा धार्मिक पर्यटकहरूलाई आकर्षित गर्न थालेको छ। ऐतिहासिक पाण्डवनगर र भगवान परशुरामको शस्त्र 'पर्शु' (बन्चरो) हेर्न, दर्शन गर्न र यस क्षेत्रको प्राकृतिक सौन्दर्यको आनन्द लिन देश तथा विदेशबाट आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। यसले माडी क्षेत्रको समग्र आर्थिक र सामाजिक विकासमा ठुलो टेवा पुग्ने स्थानीयवासीको विश्वास छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खानामा मासु नपरेको गुनासो, कांग्रेस महाधिवेशनमा खानाको विषय पनि चर्चामा
9 घण्टा अगाडि

नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...

छुटाउनुभयो कि ?

TOP