तीज मनाउन माइत जाँदै गरेकी महिलाको  मोटरसाइकलमा  कपडा बेरिदा गयो ज्यान ।

तीज मनाउन माइत जाँदै गरेकी महिलाको  मोटरसाइकलमा  कपडा बेरिदा गयो ज्यान ।

सल्यानमा तीज मनाउन माइत जाँदै गरेकी एक महिलाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–३ टाट्केस्थित भित्री कच्ची सडकमा शनिबार दिउँसो भएको दुर्घटनामा ३५ वर्षीया जीता केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार केसी भतिजासँगै दाङबाट सल्यानस्थित माइतीघर तीज मनाउन जाने क्रममा मोटरसाइकलमा सवार थिइन्। यात्राका क्रममा उनको दोपट्टा मोटरसाइकलमा बेरिएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
तीज तथा अन्य चाडपर्वका बेला माइत जाने, घुमफिर गर्ने र लामो दूरीको यात्रा गर्ने क्रम बढ्ने भएकाले मोटरसाइकलमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ। विशेषगरी दोपट्टा, सल, साडी वा अन्य लामो कपडा मोटरसाइकलको पांग्रा वा अन्य चलायमान भागमा बेरिन नदिई सुरक्षित रूपमा मिलाएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
सामान्यजस्तो देखिने सानो असावधानीले पनि क्षणभरमै ज्यानै जाने गम्भीर दुर्घटना निम्त्याउन सक्छ। त्यसैले मोटरसाइकल चालक र यात्रु दुवैले यात्राअघि कपडा, हेल्मेट तथा अन्य सुरक्षा सामग्री ठीक अवस्थामा छन् कि छैनन् भनेर सुनिश्चित गर्न आवश्यक छ।
चाडपर्व खुसी र भेटघाटको अवसर हो। त्यसैले तीजको उत्सव मनाउँदा सुरक्षा र सावधानीलाई पनि पहिलो प्राथमिकतामा राखौँ। आफू सुरक्षित बनौँ, आफ्ना परिवार र प्रियजनलाई पनि सुरक्षित यात्राका लागि सचेत गराऔँ।
सुरक्षित यात्रा गरौँ, सानो असावधानीका कारण अमूल्य जीवन गुम्न नदिऔँ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP