चर्चामा
रसुवामा बाढीपहिरोपीडितको उद्धार र राहत कार्यमा अहोरात्र खटिएका नेपाल प्रहरीका जवानहरू कार्यक्षेत्रबाट फर्कँदा गाडीभित्रै लखतरान परेर निदाइरहेको भिडियो तथा तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। कैयौँ दिनको भोक, प्यास र अनिन्द्रा बिर्सेर नागरिकको ज्यान जोगाउन खटिएका प्रहरी जवानहरूको अनुहारमा चरम थकान प्रष्टै देखिन्छ।
यो सबै दृश्यमा सबैभन्दा भावुक र मन छुने क्षण भने वर्दीमै रहेकी एक महिला प्रहरीले काखमा सानो दुधे बच्चालाई अङ्गालेर निदाइरहेको दृश्य हो। यस दृश्यले सुरक्षाकर्मी केवल आदेश पालना गर्ने एउटा 'मेसिन' नभई वर्दीभित्र पनि एउटा आमा, एउटा मान्छे र एउटा कोमल हृदय हुन्छ भन्ने सत्यलाई उजागर गरिदिएको छ। एकातिर घर र बच्चाप्रतिको जिम्मेवारी अनि अर्कोतिर देश र जनताप्रतिको कर्तव्यलाई एकैसाथ पूरा गर्ने यस्ता वीर सुरक्षाकर्मीहरूको समर्पणलाई यतिबेला सम्पूर्ण नेपालीहरूले उच्च सम्मानका साथ सलाम गरिरहेका छन्।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!