चर्चामा
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका तीज पर्व व्यवस्थापनका लागि करिब १५ देखि २० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरेको छ।
कोषका सदस्य सचिव तिर्थ श्रेष्ठका अनुसार भक्तजन व्यवस्थापन, सुरक्षा समन्वय, सरसफाइ, खानेपानी तथा अन्य आवश्यक तयारीका लागि उक्त रकम खर्च हुने प्रारम्भिक अनुमान गरिएको हो। उनले तीज पर्व सम्पन्न भएपछि सम्पूर्ण खर्च विवरण सार्वजनिक गरिने बताए।
कोषले सोमबार बिहान ८ः३० बजेदेखि ११ः३० बजेसम्म मात्र विशेष पूजा सञ्चालन हुने जनाएको छ। पशुपतिनाथ मन्दिरभित्र विशेष पूजा गर्न चाहने भक्तजनले ७ हजार ५ सय रुपैयाँको टिकट खरिद गर्नुपर्नेछ भने बासुकी पूजाका लागि ३ हजार १ सय रुपैयाँ शुल्क तोकिएको छ।
यस्तै, १ हजार रुपैयाँको टिकट खरिद गर्ने भक्तजनले लामो लाइनमा नबसी सहज रूपमा पशुपतिनाथको दर्शन गर्न सक्ने व्यवस्था गरिएको कोषले जनाएको छ। विशेष पूजा तथा दर्शनका लागि आवश्यक रसिद पशुपति क्षेत्र विकास कोष र तिलगंगा सूचना केन्द्रबाट काट्न सकिनेछ।
कोषले यस वर्ष पनि लाखौं श्रद्धालु महिलाको सहभागिता रहने अपेक्षा गर्दै सुरक्षा, दर्शन व्यवस्थापन, सरसफाइ तथा भक्तजनको सहज आवागमनलाई प्राथमिकतामा राखेर तयारी तीव्र बनाएको जनाएको छ। खर्चको अन्तिम विवरण भने तीज कार्यक्रम सम्पन्न भएपछि सार्वजनिक गरिने सदस्य सचिव श्रेष्ठको भनाइ छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!