देउताखोलामा जिप दुर्घटना : चालकसहित २ जनाको मृत्यु, ९ घाइते

देउताखोलामा जिप दुर्घटना : चालकसहित २ जनाको मृत्यु, ९ घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार सडकबाट करिब ५० मिटर तल खसेको जिप दुर्घटनामा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १५–१६ वर्षीया प्रेमकला पुन को मृत्यु भएको हो।

दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। घाइतेमध्ये ३ देखि ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
गम्भीर घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लैजान माग गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
10 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP