चर्चामा
चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार नयाँदिल्लीमा आयोजना हुने १८औँ BRICS शिखर सम्मेलनमा सहभागी हुने भएका छन्। सात वर्षपछि हुन लागेको सीको भारत भ्रमणलाई दुई एसियाली शक्तिबीच सम्बन्ध सुधार र क्षेत्रीय स्थायित्वका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। लामो समयदेखि सीमा तथा अन्य विषयमा देखिँदै आएको तनावबीच हुन लागेको यो भ्रमणले दुई देशबीचको संवादलाई थप गति दिने अपेक्षा गरिएको छ। BRICS सम्मेलनमा ग्लोबल साउथको सहकार्य, बहुध्रुवीय विश्व व्यवस्था तथा विश्वव्यापी शासन प्रणालीमा सुधारलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। सीजिमपिंगको भारत भ्रमणले चीन–भारत सम्बन्धसँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिमा समेत नयाँ प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
नेपाली कांग्रेसको महाधिवेशनमा राजनीतिक बहस र नेतृत्व चयनसँगै खानाको विषय पनि चर्चामा आएको छ। महाधिवे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!