चर्चामा
अध्यागमन विभागले नेपाली नागरिकको अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थानसम्बन्धी विवरण अब नागरिक एपमार्फत नै उपलब्ध हुने व्यवस्था गरेको छ। यसअघि भ्रमण विवरण लिन अध्यागमन विभागमै उपस्थित भएर निवेदन दिनुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थासँगै सेवाग्राहीले समय र लागत बचत गर्दै घरबाटै आफ्नो विवरण प्राप्त गर्न सक्ने भएका छन्। नागरिक एपको ‘अध्यागमन (Immigration)’ सेवाभित्र रहेको ‘भ्रमण विवरण’ मा गएर लिंक गरिएको राहदानीमार्फत आफ्नो विदेश भ्रमणको विवरण हेर्न तथा डाउनलोड गर्न सकिनेछ। विभागका अनुसार सम्बन्धित व्यक्तिको मात्र विवरण उपलब्ध हुने भएकाले व्यक्तिगत गोपनीयता सुरक्षित रहनेछ। नागरिक एपबाट प्राप्त भ्रमण विवरणलाई सम्बन्धित व्यक्ति तथा संघ–संस्थाले आधिकारिक रूपमा प्रयोग गर्न सक्ने विभागले जनाएको छ। सेवा प्रयोगमा समस्या आएमा अध्यागमन विभागको ०१–४५२९६६० नम्बर वा info@nepalimmigration.gov.np मा सम्पर्क गर्न सकिनेछ।
ललितपुरमा सरकारी मौज्दातमा राखिएको काठ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेपछि सशस्त्र प्रहरी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!