चर्चामा
जापानको फुकुओका प्रिफेक्चरल प्रहरीले २५ वर्षीया नेपाली व्यावसायिक विद्यालयकी विद्यार्थी लक्ष्मी राजवंशीको हत्याको आरोपमा तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ।प्रहरीका अनुसार अगस्ट १८ देखि १९ को बीचमा आरोपितहरूले राजवंशीमाथि उनको अपार्टमेन्टभित्र आक्रमण गरी डोरीले घाँटी कसेपछि बाल्कोनीबाट नदीमा फालेका थिए। नदीमा डुबेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।राजवंशीको शव अगस्ट १९ मा उनको अपार्टमेन्टबाट करिब दुई किलोमिटर तल नदीमा फेला परेको थियो। घटनाको कारण अर्थात् उद्देश्यबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूले आरोप स्वीकार गरे वा नगरेकोबारे भने प्रहरीले जानकारी सार्वजनिक गरेको छैन।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!