नौकुण्डका ६२ जना बेपत्ता, रसुवामा बाढीले १,५०० घरसहित ८ जलविद्युत् आयोजनामा क्षति

नौकुण्डका ६२ जना बेपत्ता, रसुवामा बाढीले १,५०० घरसहित ८ जलविद्युत् आयोजनामा क्षति

रसुवा । भाद्र १० गते लेन्दे खोला हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवाको नौकुण्ड गाउँपालिकाका ६२ जना बेपत्ता भएका छन्।

गाउँपालिकाका उपाध्यक्ष चन्द्रबहादुर गलनका अनुसार बाढीले नौकुण्डका बस्तीमा प्रत्यक्ष ठूलो क्षति नपुर्‍याए पनि कामको सिलसिलामा सीमानाका तथा जलविद्युत् आयोजनामा कार्यरत ६२ जना सम्पर्कविहीन भएका हुन्। उनीहरूमध्ये अधिकांश रसुवागढीको टिमुरे र केरुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्।

बाढीबाट रसुवामा ठूलो मात्रामा भौतिक क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार प्रारम्भिक विवरणमा २८ सरकारी तथा सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ बैंक तथा वित्तीय संस्था, एक पेट्रोल पम्प र करिब १ हजार ५ सय निजी घरमा क्षति पुगेको छ।

त्यस्तै, बाढीले ४१ किलोमिटर सडक, ६ पक्की पुल, आठ बेलीब्रिज र १० झोलुङ्गे पुल बगाएको छ।
भोटेकोशी, त्रिशूली र लाङ्टाङ खोलामा निर्माणाधीन तथा सञ्चालनमा रहेका आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति पुगेको प्रशासनले जनाएको छ।

क्षति पुगेका आयोजनामा १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, ५ मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७.३ मेगावाटको त्रिशूली–३ ‘बी’ रहेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

थापाथली अस्पतालमा सुत्केरीको मृत्यु, परिवार आक्रोशित
2 दिन अगाडि

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा बच्चा जन्माएपछि एक सुत्केरीको मृत्य ...

छुटाउनुभयो कि ?

TOP