चर्चामा
काठमाडौं । नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँ) सहयोग गर्ने एनभिडिया (NVIDIA) अहिले विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) तथा चिप निर्माण कम्पनीका रूपमा चिनिन्छ। कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालका बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माणका लागि उक्त सहयोग उपलब्ध गराएका हुन्।
सन् १९९३ मा स्थापना भएको अमेरिकी कम्पनी एनभिडियाले सुरुमा कम्प्युटर गेमका लागि ग्राफिक्स प्रोसेसर (GPU) उत्पादन गर्थ्यो। पछिल्लो दशकमा भने यही GPU प्रविधि कृत्रिम बुद्धिमत्ता विकासको मेरुदण्ड बनेपछि कम्पनी विश्व प्रविधि उद्योगको केन्द्रमा पुगेको छ।
हाल ChatGPT, Gemini, Claude लगायतका अत्याधुनिक एआई प्रणाली सञ्चालन गर्न प्रयोग हुने अधिकांश उच्च क्षमताका चिप एनभिडियाले उत्पादन गर्छ। विश्वभरका डेटा सेन्टर, सुपर कम्प्युटर, रोबोटिक्स तथा एआई अनुसन्धानमा कम्पनीका चिप व्यापक रूपमा प्रयोग भइरहेका छन्।
बजार मूल्यका आधारमा एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान कम्पनीहरूमध्ये एक बनेको छ। एआई प्रविधिको तीव्र विस्तारसँगै कम्पनीको प्रभाव पनि अभूतपूर्व रूपमा बढेको छ। हाल विश्व एआई पूर्वाधार बजारमा एनभिडियाको प्रभुत्व रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
कम्पनीका संस्थापक जेन्सेन हुआङ ताइवानमा जन्मिएका अमेरिकी व्यवसायी हुन्। उनले ३० वर्षको उमेरमा एनभिडिया स्थापना गरेका थिए र स्थापनाकालदेखि नै कम्पनीको नेतृत्व गरिरहेका छन्। एआई क्रान्तिका प्रमुख अगुवामध्ये एक मानिने हुआङ विश्वका धनी तथा प्रभावशाली प्रविधि उद्यमीमध्ये पर्छन्।
नेपाललाई प्रदान गरिएको १ करोड अमेरिकी डलर सहयोग रसुवाको भोटेकोशी जलाधार क्षेत्रसहित बाढी प्रभावित जिल्लाहरूमा उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यक्रम सञ्चालन गर्न खर्च गरिने सरकारको भनाइ छ। यस्तो सहयोगले विपद्पछि पुनर्निर्माण अभियानमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
अब मनलाग्दी तरिकाले घर बनाउने घरधनीलाई समस्या पर्न सक्ने भएको छ। सरकारले प्रस्ताव गरेको भवन ऐन संशोध ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!