चर्चामा
काठमाडौं। निलकमल ग्रुप प्रालिले बाढी प्रभावित नागरिकका लागि अत्यावश्यक राहत सामग्री नेपाली सेनामार्फत हस्तान्तरण गरेको छ।
कम्पनीका प्रबन्ध निर्देशक जयराम भुर्तेलले शुक्रबार राहत सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्। राहत सामग्रीमा वाइवाइ चाउचाउ, चिउरा, प्याड, मिनरल वाटर, बिस्कुट, भुजा, दालमोट, साबुन तथा मन्जन लगायतका दैनिक उपभोग्य वस्तु समावेश छन्।
कम्पनीका अनुसार बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालक तथा कर्मचारीहरूको सहभागितामा सामग्री संकलन गरिएको हो।
हाल देशका विभिन्न क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने हजारौं नागरिक प्रभावित भएका छन्। प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सामग्री नेपाली सेना मार्फत पठाइएको कम्पनीले जनाएको छ।
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो, हावाहुरी र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!