चर्चामा
काठमाडौं । धादिङ हुँदै बगेको त्रिशूली नदी आसपासमा बाढीले बगाएका ८ वटा शव फेला परेका छन्। प्रहरीले धादिङमा ४ र नुवाकोटमा ४ वटा शव फेला परेको जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार त्रिशूली नदीमा आएको बाढीपछि शवहरू नदी आसपासका विभिन्न स्थानमा भेटिएका हुन्।
बुधबार बिहान चीनको तिब्बतबाट नेपालको रसुवा हुँदै आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी पाँच जिल्ला प्रत्यक्ष प्रभावित भएका छन्।
बाढीपछि खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
निरन्तरको वर्षाका कारण बाढी र पहिरोको समस्या बढेपछि फोहोर विसर्जन गर्ने ल्यान्डफिल साइटमा समेत पहिरो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!