चर्चामा
काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रक्तदान तथा मरणोपरान्त नेत्रदानसम्बन्धी राष्ट्रिय अभियानका सद्भावना दूत नियुक्त भएका छन्।
तेरापन्थ युवक परिषद्, काठमाडौंले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी ‘रक्तदान कर्तव्य २०८३’ अभियानको औपचारिक घोषणा गर्दै मह जोडीलाई सद्भावना दूत नियुक्त गरेको हो। परिषद्ले रक्तदान र नेत्रदानलाई जनआन्दोलनका रूपमा विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ।
पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष निश्चल लालवाणीले रक्तदान र नेत्रदानलाई प्रत्येक नागरिक तथा परिवारको संस्कारका रूपमा स्थापित गर्न अभियान थालिएको बताए। उनले रक्तदानले जीवन बचाउने र नेत्रदानले दृष्टिविहीन व्यक्तिको जीवनमा उज्यालो थप्ने भएकाले यी दुवै कार्यलाई सामाजिक उत्तरदायित्वका रूपमा स्थापित गर्न आवश्यक रहेको उल्लेख गरे।
परिषद्का अनुसार संस्थाले विगत २५ वर्षदेखि रक्तदान, स्वास्थ्य सेवा तथा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म २५० भन्दा बढी रक्तदान शिविर सञ्चालन गरिएको, ३४ जनाले मरणोपरान्त नेत्रदानको प्रतिज्ञा गरेको तथा कर्निया प्रत्यारोपणमा समेत सहयोग पुर्याइएको जानकारी दिइएको छ।
अभियानअन्तर्गत देशभर नियमित रक्तदान शिविर, नेत्रदान सचेतना कार्यक्रम, जनजागरण अभियान तथा समुदायस्तरीय सहभागिता बढाउने कार्यक्रम सञ्चालन गरिने परिषद्ले जनाएको छ।
परिषद्ले आगामी दिनमा रक्तदान र नेत्रदानसम्बन्धी चेतना विस्तार गर्दै अभियानलाई राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको जनाएको छ।
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए–८१) का अवसरमा अमेरिकाको न्यूयोर्कमा नेपाल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!