चर्चामा
टोकियो । जापानमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। आइतबार बिहान गएको भूकम्पको केन्द्र इबाराकी प्रिफेक्चरको दक्षिणी क्षेत्रमा रहेको जनाइएको छ।
भूकम्पको धक्का राजधानी टोकियोसहित पूर्वी जापानका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। भूकम्पका कारण केही रेल सेवामा ढिलाइ तथा अवरोध भएको जनाइएको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार प्रभावित क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छैन।
अधिकारीहरूले सम्भावित परकम्पको जोखिमलाई ध्यानमा राख्दै आगामी दिनमा सतर्क रहन आग्रह गरेका छन्। प्रारम्भिक विवरणअनुसार भूकम्पबाट दर्जनौँ मानिस घाइते भएका छन्, अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ।
काठमाडौं । करिब ६ करोड ६० लाख वर्षअघि पृथ्वीमा आएको विशाल एस्टेरोइडको ठक्करले डायनासोरसहित करिब ७५ प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!