गृहमन्त्री सुदन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने

गृहमन्त्री सुदन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने

 

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ महिनादेखि सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा सहभागी हुँदै गृहमन्त्री गुरुङले नागरिकका गुनासा, समस्या र सुझाव सुन्ने भएका हुन्।

रास्वपा केन्द्रीय कार्यालयका अनुसार उक्त कार्यक्रम सोमबार साँझ आयोजना हुनेछ। कार्यक्रम दुई चरणमा सञ्चालन गरिने जनाइएको छ।

पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा सरकारप्रतिको अपेक्षा राख्नेछन्। दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्वबीच समसामयिक तथा नीतिगत विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

नागरिकका प्रत्यक्ष सरोकारका विषय सुन्दै सरकार र नागरिकबीचको संवादलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैज्ञानिकले खोले ६ करोड ६० लाख वर्ष पुरानो रहस्य, यसरी भएको थियो डायनासोरको अन्त्य
2 हप्ता अगाडि

काठमाडौं । करिब ६ करोड ६० लाख वर्षअघि पृथ्वीमा आएको विशाल एस्टेरोइडको ठक्करले डायनासोरसहित करिब ७५ प ...

छुटाउनुभयो कि ?

TOP