रातभरको खोजीपछि सकुशल भेटिइन् २ वर्षीया बिन्दी, सडक किनारको नालामा रोइरहेको अवस्थामा उद्धार

रातभरको खोजीपछि सकुशल भेटिइन् २ वर्षीया बिन्दी, सडक किनारको नालामा रोइरहेको अवस्थामा उद्धार

रौतहट । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले सर्वसाधारणलाई स्तब्ध बनाइरहेका बेला कलैयाबाट दुई वर्षीया बालिका बेपत्ता भएपछि परिवार र स्थानीयमा त्रास बढेको थियो। तर रातभरको खोजीपछि बालिका सकुशल फेला परेकी छिन्।

कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि बेपत्ता भएकी मुकेश मण्डलकी २ वर्षीया छोरी बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी हुन्।

बालिका बिन्दीलाई कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी थिइन्। ती महिलाले तत्काल बालिकाको उद्धार गरी आफ्नै घरमा लगेर हेरचाह गरेकी थिइन्।

बालिका सकुशल फेला परेपछि परिवार र स्थानीयले राहत महसुस गरेका छन्। बालिका कसरी त्यहाँ पुगिन् र बेपत्ता हुनुको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैज्ञानिकले खोले ६ करोड ६० लाख वर्ष पुरानो रहस्य, यसरी भएको थियो डायनासोरको अन्त्य
2 हप्ता अगाडि

काठमाडौं । करिब ६ करोड ६० लाख वर्षअघि पृथ्वीमा आएको विशाल एस्टेरोइडको ठक्करले डायनासोरसहित करिब ७५ प ...

छुटाउनुभयो कि ?

TOP