चर्चामा
काठमाडौँ। भारत सरकारले सूर्यमुखी तेलको भन्सार दरमा भारी कटौती गरेपछि सीमावर्ती क्षेत्रबाट अवैध चोरी आयात बढ्ने जोखिम उच्च भएको भन्दै नेपाली खाने तेल व्यवसायीहरूले नेपालमा पनि भन्सार दर घटाउन सरकारसँग माग गरेका छन्।
भारत सरकारले गत सेप्टेम्बर २४ देखि लागू हुने गरी कच्चा सूर्यमुखी तेलमा लाग्दै आएको १६.५ प्रतिशतको भन्सार दरलाई घटाएर ५.५ प्रतिशतमा झारेको छ। ५ प्रतिशत वस्तु तथा सेवा कर (जीएसटी) जोड्दा पनि भारतमा तयारी सूर्यमुखी तेलको कुल कर लागत करिब ११ प्रतिशत मात्र पर्न जान्छ। यसका कारण भारतीय बजारमा सूर्यमुखी तेलको मूल्य प्रतिलिटर करिब १० रुपैयाँसम्म सस्तो भएको छ।
अर्कोतर्फ, नेपालमा भने कच्चा सूर्यमुखी तेलको आयातमा १० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) कायम छ। दुई देशबीच ठूलो मूल्य अन्तर सिर्जना भएपछि खुल्ला सीमानाका कारण नेपालमा चोरी-पैठारी तीव्र हुने र स्वदेशी उद्योगहरू धराशायी हुने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।
उद्योग सङ्गठन मोरङका अध्यक्ष एवम् खाने तेल व्यवसायी नन्दकिशोर राठीका अनुसार सीमा क्षेत्रबाट हुने अनधिकृत आयात नरोक्ने र नेपालमा भन्सार दर समायोजन नगर्ने हो भने नेपाली उद्योगहरूले बजारमा प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था आउनेछ।
यसैबीच, भारतले कच्चा भटमास र पाम तेलको भन्सार दर पनि १६.५ प्रतिशतबाट घटाएर ११.५ प्रतिशत पुर्याएको भए पनि नेपालसँगको दरको अन्तर खासै धेरै नभएकाले ती तेलको भने चोरी आयातको जोखिम कम रहेको व्यवसायीहरूको भनाइ छ। तर, सूर्यमुखी तेलको हकमा आएको ठूलो अन्तरले स्वदेशी प्रशोधन उद्योगहरूलाई प्रत्यक्ष असर पार्ने भएकाले तत्काल भन्सार पुनरावलोकन गर्न माग गरिएको छ।
काठमाडौं । खल्तीमा जम्मा ३०० रुपैयाँ, मनमा अभिनेता बन्ने सपना र अगाडि अनिश्चित भविष्य। यिनै परिस्थित ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!