चर्चामा
झापा । २५ लाख रुपैयाँको बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका बिर्तामोडका होटल व्यवसायी तथा पूर्वजनप्रतिनिधि गोपीचन्द्र गिरी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
७२ वर्षीय गिरीलाई भुवन कार्कीको जाहेरीका आधारमा आइतबार साँझ बिर्तामोड नगरपालिका-५ स्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि हिरासतमा राखेको थियो।
प्रहरीका अनुसार हिरासतमा रहेकै अवस्थामा गिरीलाई राति अचानक छातीमा समस्या देखिएको थियो। त्यसपछि उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको हो। सोमबार बिहान स्वास्थ्यमा जटिलता देखिएपछि अस्पताल भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार गिरीविरुद्ध २५ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरसम्बन्धी मुद्दा विचाराधीन छ। उक्त मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ । दसैँको लामो बिदापछि सरकारी कार्यालयहरू खुलेका छन्। तर, पहिलो दिन कर्मचारी र सेवाग्राह ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!