चर्चामा
काठमाडौं । ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ सानागाउँका ४७ वर्षीय सरोज नेम्कुल छन्। उनले सानागाउँमा सिद्धीपुर ग्यास स्टोर सञ्चालन गर्दै आएका थिए।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार नेम्कुलको ग्यास स्टोरबाट २२ वटा भरिएका ग्यास सिलिन्डर बरामद गरिएको छ।
ग्यासको अभाव सिर्जना गर्न नहुने कसुरमा नेम्कुलमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनलाई कहिले पक्राउ गरिएको हो भन्ने विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।
रियाद । यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!