भ्रष्टाचार अन्त्य गर्न प्रधानमन्त्री बालेनको आह्वान, अब भाषण होइन परिणामको प्रतीक्षा

भ्रष्टाचार अन्त्य गर्न प्रधानमन्त्री बालेनको आह्वान, अब भाषण होइन परिणामको प्रतीक्षा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन, प्रशासनिक ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन्।

विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नागरिकले राज्यबाट सेवा र संरक्षण पाएको अनुभूति गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका हुन्।

उनले भ्रष्टाचार र कुशासनलाई समाजका गम्भीर विकृतिका रूपमा उल्लेख गर्दै इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट मात्रै यस्ता समस्या अन्त्य गर्न सकिने बताएका छन्। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले मुलुकको सुशासन र भ्रष्टाचार नियन्त्रणको बहसलाई पुनः चर्चामा ल्याएको छ। तर नेपालमा विगतदेखि नै विभिन्न राजनीतिक नेतृत्वले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता जनाउँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा प्रश्न उठ्दै आएको छ।

सरकारले राष्ट्रिय सदाचार नीति तथा भ्रष्टाचारविरुद्धको रणनीतिक योजना अघि सारेको भए पनि त्यसको वास्तविक प्रभाव कार्यान्वयन, निष्पक्ष अनुसन्धान र दोषीमाथिको कारबाहीबाट मात्रै देखिने विश्लेषण गरिएको छ।

अब नागरिकले सरकारका प्रतिबद्धता होइन, सार्वजनिक सेवा प्रवाहमा सुधार, भ्रष्टाचारमा संलग्नमाथि निष्पक्ष कारबाही र राज्यका निकायमा जवाफदेहिताको प्रत्याभूति खोजिरहेका छन्।

प्रधानमन्त्री शाहले व्यक्त गरेको भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणको प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुन्छ भन्ने प्रश्न नै सरकारको प्रमुख परीक्षाका रूपमा देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
14 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP