नेपाली लेखिका लीना दुवाडीको पहिलो पुस्तक अमेरिकामा सार्वजनिक

नेपाली लेखिका लीना दुवाडीको पहिलो पुस्तक अमेरिकामा सार्वजनिक

क्यालिफोर्निया, अमेरिका। नेपाली लेखिका तथा भारतको चर्चित डिजिटल मिडिया प्लेटफर्म विटिफिड (WittyFeed) की पूर्व प्रधान सम्पादक लीना दुवाडीको पहिलो पुस्तक ‘काठमाडौं टु क्यालिफोर्निया : द रोड टु रिडिस्कभरिङ सेल्फ लभ’ अमेरिकामा सार्वजनिक भएको छ।

नेपालको चितवनदेखि भारत हुँदै अमेरिकासम्मको जीवनयात्रामा आधारित पुस्तकमा दुवाडीले व्यक्तिगत संघर्ष, भावनात्मक उतारचढाव, आत्मप्रेम र जीवनमा आएको रूपान्तरणका अनुभव समेटेकी छन्।

आत्मकथा र आत्मविकासको संयोजन रहेको पुस्तकले बाह्य सफलता र सामाजिक अपेक्षाको दौडमा मानिसले आफ्नै भावना, आत्मसम्मान र आन्तरिक शान्तिलाई बिर्सन नहुने सन्देश दिएको छ। जीवनका चुनौती र सम्बन्धमा आउने परिवर्तनलाई आत्मबोध तथा व्यक्तिगत रूपान्तरणको अवसरका रूपमा प्रस्तुत गरिएको छ।

पुस्तकबारे लेखिका दुवाडीले आफ्ना जीवनका अनुभव र आफैँलाई बुझ्ने तथा स्वीकार गर्ने यात्रालाई शब्दमा उतारेको बताएकी छन्। उनका अनुसार आत्मप्रेम स्वार्थ नभई आफूलाई बुझ्ने, स्वीकार गर्ने र चुनौतीबीच पनि आफ्नै शक्ति पहिचान गर्ने प्रक्रिया हो।

चितवनस्थित सिनर्जी एफएमबाट पत्रकारिता यात्रा सुरु गरेकी दुवाडीले भारतका विभिन्न टेलिभिजनमा प्रस्तोताका रूपमा काम गरेकी थिइन्। सन् २०१४ देखि पाँच वर्षसम्म उनले WittyFeed को प्रधान सम्पादकको जिम्मेवारी सम्हालेकी थिइन्। त्यसपछि अमेरिकाका विभिन्न पत्रिकासँग आबद्ध भएर पत्रकारिता तथा लेखनलाई निरन्तरता दिएकी उनले ब्रह्माकुमारी संस्थासँग आबद्ध रहेर आध्यात्मिक प्रशिक्षणमा समेत काम गर्दै आएकी छन्।

पुस्तकको पेपरब्याक संस्करण अमेरिका र क्यानडालगायतका बजारमा तथा विद्युतीय संस्करण विश्वभर उपलब्ध रहेको लेखिकाले जानकारी दिएकी छन्। पुस्तक अमेजनमार्फत समेत खरिद गर्न सकिनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
15 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP