विपद् प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहको छलफल

विपद् प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग सिंहदरबारमा छलफल गरेका छन्।

छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरू सहभागी भएका छन्।

बैठकमा बाढीपछि उत्पन्न अवस्था, प्रभावित क्षेत्रको वर्तमान परिस्थिति तथा तत्काल चाल्नुपर्ने आवश्यक कदमका विषयमा समीक्षा गरिएको थियो। साथै, विपद्पछि प्रभावित क्षेत्रको पुनरुत्थान, पुनर्निर्माण तथा नागरिकलाई राहत र सेवा प्रभावकारी रूपमा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको अवस्था र स्थानीय तहले भोगिरहेका समस्याबारे जनप्रतिनिधिबाट जानकारी लिँदै आवश्यक समन्वय र प्रभावकारी कदम चाल्ने विषयमा छलफल गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

उदयपुरमा पूजा तयारीका क्रममा करेन्ट लागेर ६५ वर्षीय वृद्धको मृत्यु
1 हप्ता अगाडि

उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको मृत्यु भएको ...

छुटाउनुभयो कि ?

TOP