भारतसँगका उडानमा निश्चित मोडेलको पावर बैंक बोक्न प्रतिबन्ध

भारतसँगका उडानमा निश्चित मोडेलको पावर बैंक बोक्न प्रतिबन्ध

काठमाडौं । नेपालबाट भारत जाने वा भारतबाट नेपाल आउने हवाई यात्रुले अब एउटा निश्चित मोडेलको पावर बैंक साथमा लैजान पाउने छैनन्। नेपाल वायुसेवा निगमले MOBIKINS MK-PB-04 मोडेलको पावर बैंकमा प्रतिबन्ध लगाइएको सूचना जारी गरेको छ।

निगमका अनुसार भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले जारी गरेको सर्कुलरअनुसार उक्त मोडेलको पावर बैंक भारतभित्र, भारतबाट र भारततर्फ सञ्चालन हुने उडानमा लैजान प्रतिबन्ध लगाइएको हो।

यो प्रतिबन्ध क्याबिन वा ह्यान्ड ब्यागमा मात्रै नभई चेक-इन ब्यागेज र कार्गोमा समेत लागू हुनेछ। पावर बैंकमा आगलागी हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै भारतीय उड्डयन निकायले यस्तो निर्णय गरेको जनाइएको छ।

निगमले नेपाल–भारत हवाई यात्रामा सहभागी हुने यात्रुलाई प्रतिबन्धित मोडेलको पावर बैंक नबोक्न आग्रह गरेको छ। यो प्रतिबन्ध सबै पावर बैंकमा नभई MOBIKINS MK-PB-04 मोडेलमा मात्रै लागू भएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP