पर्यटक भिसामा आएर धार्मिक गतिविधिमा संलग्न २४ कोरियन नागरिक निष्कासित

पर्यटक भिसामा आएर धार्मिक गतिविधिमा संलग्न २४ कोरियन नागरिक निष्कासित

काठमाडौ ।नेपालको पर्यटक भिसामा आएर भिसाको उद्देश्यविपरीत धार्मिक गतिविधिमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ।

अध्यागमन विभागका अनुसार नेपाल बसाइ शंकास्पद देखिएको, आचरण संदिग्ध रहेको र प्राप्त भिसाको उद्देश्यविपरीत कार्य गरेको पाइएपछि उनीहरूको भिसा रद्द गरी निष्कासन गरिएको हो।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित सुन्दर डाँडा क्षेत्रमा रहेको नेपाल न्यु कभेनन्ट कलेजमा आयोजित दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका उनीहरूलाई धार्मिक गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला प्रशासन कार्यालय मोरङले अनुसन्धान तथा कारबाहीका लागि असोज २३ गते उनीहरूलाई अध्यागमन विभागमा उपस्थित गराएको थियो।

विभागले प्रचलित अध्यागमन कानुनबमोजिम उनीहरू प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। साथै, उनीहरूको भिसा रद्द गरी नेपालबाट प्रस्थान गरेको मितिले तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

असोज २८ गतेको निर्णयअनुसार निष्कासन गरिएका सबै २४ जना दक्षिण कोरियाली नागरिकको भिसा अवधि भने वैध नै रहेको अध्यागमन विभागले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
14 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP