चर्चामा
उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१२, पुरानो गाईघाटस्थित ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरी रहेका छन्। मंगलबार साँझ पूजा तयारीका लागि विद्युत् लाइन जोड्दै गर्दा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिए।
प्रहरीका अनुसार चौधरीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!