कठिन भूगोलमा खटिएका एपीएफलाई थप तालिम र स्रोतसाधन आवश्यक : गृहसचिव शर्मा

कठिन भूगोलमा खटिएका एपीएफलाई थप तालिम र स्रोतसाधन आवश्यक : गृहसचिव शर्मा

काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी बल (एपीएफ) का कर्मचारीहरू देशका अत्यन्तै अप्ठ्यारा र कठिन भौगोलिक क्षेत्रमा निरन्तर खटिँदै आएको भन्दै उनीहरूलाई समयसापेक्ष तालिम र पर्याप्त स्रोतसाधन उपलब्ध गराउन आवश्यक रहेको बताएकाछन।

सोमबार  सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा गृहसचिव शर्माले विपद्को जोखिम बढ्दै गइरहेको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि आवश्यक जनशक्ति, पूर्वतयारी, स्रोतसाधनको प्रभावकारी व्यवस्थापन तथा जनचेतनामूलक प्रचार–प्रसारमा विशेष ध्यान दिन निर्देशन दिए।

उनले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूको स्थानीय बासिन्दासँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले सीमावासीसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै सीमा सुरक्षा मजबुत बनाउन आग्रह गर्नुभयो। साथै सीमा क्षेत्रमा बढ्दो अपराध र अवैध कारोबार नियन्त्रणका लागि आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै थप चनाखो भएर परिचालन हुन निर्देशन दिए।

गृहसचिव शर्माले सुरक्षा निकायबीच प्रभावकारी समन्वय भए फिल्डमा कार्यसम्पादन अझ प्रभावकारी हुने बताउँदै सूचना आदान–प्रदानको प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। सशस्त्र प्रहरीसँग सम्बन्धित नियम, कानुन तथा कार्यविधिका कमजोर पक्ष सुधार गरी आवश्यक परिमार्जनका प्रस्ताव मन्त्रालयमा पठाउन पनि उहाँले आग्रह गरे।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गृहसचिवबाट प्राप्त नीति तथा निर्देशनलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठनका समस्या समाधान, जनशक्ति व्यवस्थापन तथा स्रोतसाधन विस्तारमा मन्त्रालयको सहयोगको अपेक्षा गर्नुभयो।
निरीक्षणका क्रममा गृहसचिव शर्माले एपीएफले विपद् व्यवस्थापनमा प्रयोग गर्दै आएका फायर फाइटिङ, रोप रेस्क्यु, माउन्टेन रेस्क्यु, वाटर रेस्क्यु, डिप डाइभिङ, लाइफ डिटेक्टिङ, कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (CSSR) उपकरण तथा ड्रोनलगायत सामग्रीको अवलोकन गरेका थिए।

सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले संगठनको कार्यादेश, सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग तथा विद्यमान सुरक्षा चुनौतीबारे प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रममा एपीएफका उच्च अधिकारी, गृहमन्त्रालयका पदाधिकारी तथा देशभरका कार्यालय प्रमुखहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

उदयपुरमा पूजा तयारीका क्रममा करेन्ट लागेर ६५ वर्षीय वृद्धको मृत्यु
1 हप्ता अगाडि

उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको मृत्यु भएको ...

छुटाउनुभयो कि ?

TOP