काठमाडौ ।उपल्लो मुस्ताङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित स्थानमा सारिएको छ।
मंगलबार राति लगातार दुई पटक ४ रेक्टर स्केलभन्दा माथिको भूकम्प गएपछि मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ पुवास्थित केही घरमा क्षति पुगेको थियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट खटिएको टोलीले क्षतिग्रस्त घरभित्र रहेका सामग्री सुरक्षित स्थानमा सारेको हो।
सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठका अनुसार भूकम्पपछि स्थानीय बासिन्दा तथा पर्यटकहरू घरबाट बाहिर निस्किएर सुरक्षित स्थानमा बसेका थिए। हालसम्म उक्त क्षेत्रमा कुनै मानवीय क्षति नभएको जनाइएको छ।
प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन तथा आवश्यक सुरक्षा व्यवस्थापनको काम जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले भदौ २४ गते बालकोटस्थित आफ् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!