काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार, अमर्यादित र अशोभनीय भएको भन्दै संघले आपत्ति जनाएको हो ।
संघले जारी गरेको विज्ञप्तिमा पाँच दशकभन्दा बढी समयदेखि एलपी ग्यासको कारोबार गर्दै आएका उद्योगहरूले विभिन्न विपत्तिका समयमा समेत स्रोत–साधन परिचालन गरी निरन्तर सेवा दिँदै आएको उल्लेख छ ।
प्राकृतिक विपत्तिका समयमा ग्यासको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन उद्योगीहरू खटिरहेको अवस्थामा जिम्मेवार मन्त्रीबाट ग्यास उद्योगीलाई लक्षित गरी आएको अभिव्यक्ति खेदजनक रहेको संघको भनाइ छ ।
विषम परिस्थितिमा समस्याको जिम्मेवारी अर्को पक्षमाथि थोपरेर आफू उम्किन खोज्ने प्रवृत्तिले समाधान नदिने भन्दै संघले वर्तमान ग्यास अभावको वस्तुनिष्ठ समीक्षा गर्न माग गरेको छ ।
संघका अनुसार आधा सिलिन्डर अर्थात् ७.१ किलो ग्यासको व्यवस्था १५ दिनका लागि भनिए पनि त्यसलाई चार महिनासम्म निरन्तरता दिइयो । संघले २०८२ चैत १६ गते नेपाल आयल निगमलाई पत्र पठाएर पुनः पूरा सिलिन्डर बिक्री वितरणमा फर्कन अनुरोध गरे पनि त्यसतर्फ पर्याप्त ध्यान नदिइएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, ग्यास आयातमा तदारुकता नदेखिनु, पूरा सिलिन्डर लागू भएपछि माग अचानक बढ्नु तथा पृथ्वी राजमार्गमा भएको अवरोधका कारण ग्यास बुलेट ढुवानी प्रभावित हुनुलगायतका कारणले वर्तमान अभाव सिर्जना भएको संघले जनाएको छ ।
संघले कुनै उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा कानुनी कारबाही गर्न आफूहरू सधैँ तयार रहेको जनाएको छ । तर, बिना प्रमाण ग्यास उद्योगीलाई दोषी देखाउँदै भौतिक कारबाहीको संकेत दिने अभिव्यक्ति अत्यन्त आपत्तिजनक भएको संघको भनाइ छ ।
संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कठिन परिस्थितिमा सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले सरकारका व्यावहारिक निर्देशन पालना गर्न तथा सम्बन्धित निकायसँग सहकार्य गर्न संघ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!