प्रतिनिधिसभामा आज प्रधानमन्त्रीको प्रश्नोत्तर, ११ सांसदले सोध्नेछन् प्रश्न

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीको प्रश्नोत्तर, ११ सांसदले सोध्नेछन् प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिने भएका छन्। संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ११ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार सञ्चालन हुने प्रश्नोत्तर कार्यक्रममा भारतसँगको सीमा विवाद, सुशासन, आर्थिक अवस्था तथा समसामयिक राजनीतिक विषय प्रमुख रूपमा उठ्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित भई जवाफ दिनुपर्ने व्यवस्था अनुसार सांसदहरूले आफ्ना प्रश्न दर्ता गराएका हुन्।

अमरेशकुमार सिंह, समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी, बासना थापा, गीता गुरुङ, ऐनबहादुर महर, गणेशसिंह ठगुन्ना, वर्षमान पुन, प्रमेशकुमार हमाल, हर्कराज राई र खुश्बु ओलीले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने तयारी गरेका छन्।
एमाले सांसद गणेशसिंह ठगुन्नाले सुदूरपश्चिमका सीमा समस्या, सुस्ता र कालापानी क्षेत्रको नेपाली भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको कूटनीतिक पहलका विषयमा जवाफ माग्ने भएका छन्। प्रतिपक्षी दलहरूले राष्ट्रियता, सुशासन र आर्थिक अवस्थासम्बन्धी प्रश्नमा प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने तयारी गरेका छन्।

यसैबीच प्रधानमन्त्री शाहले संसद् बैठकमा कालो चस्मा लगाउन पाउने भएका छन्। आँखा सम्बन्धी स्वास्थ्य समस्याका कारण कालो चस्मा आवश्यक रहेको चिकित्सकीय प्रतिवेदनसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेपछि उनलाई कालो चस्मा प्रयोग गर्न अनुमति दिइएको हो।

प्रधानमन्त्रीले साउन २२ गते छाउनी अस्पतालमा आँखा परीक्षण गराएका थिए। अस्पतालको प्रतिवेदनमा उज्यालो प्रकाशमा हेर्दा समस्या हुने उल्लेख गर्दै कालो चस्मा प्रयोग गर्न सिफारिस गरिएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
5 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP