सिक्किममा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित

सिक्किममा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको सिक्किममा अविरल वर्षासँगै बाढी र पहिरोले जनजीवन प्रभावित भएको छ। ग्याल्सिङ जिल्लाको रिम्बी क्षेत्रमा गएको भीषण पहिरोबाट ३० भन्दा बढी घर प्रभावित भएका छन्।

पहिरोको जोखिम बढेपछि केही परिवार घर छाडेर सुरक्षित स्थानमा सरेका छन्। माथिल्लो भेगबाट आएको हिलो, ढुंगा र मलबेका कारण घर तथा सडकमा क्षति पुगेको बताइएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रशासनलाई उच्च सतर्कतामा रहन तथा प्रभावित क्षेत्रको निरन्तर निगरानी गर्न निर्देशन दिएका छन्। स्थानीयले थप पहिरोको जोखिम रहेकाले तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न माग गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
14 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP