चर्चामा
इनरुवा । सुनसरीको कोशी गाउँपालिका-६ श्रीपुरजब्दीबाट करिब १० लाख रुपैयाँ मूल्य बराबरको अवैध मासु बरामद भएको तीन दिन बितिसक्दा पनि त्यसको मालिकको पहिचान हुन सकेको छैन। प्रहरीले असोज २ गते मन्सुरी टोलबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा प्याक गरिएको मासु बरामद गरेको थियो। बरामद मासुमा 'चिकेन सेक कबाब' ४७१ प्याकेट, 'चिकेन बर्गर पटिया' ४०३, 'चिकेन नगेट्स' २०६, 'चिकेन फिङ्गर' ५५४ र 'चिकेन मेटाबल' ५२४ प्याकेट रहेका छन्।
प्रहरीका अनुसार उक्त मासु भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको आशंका गरिएको छ। नेपाली कम्पनीको लेबलमा प्याक गरिएको अवस्थामा भेटिएको मासु उपभोगका लागि अयोग्य रहेको पाइएपछि सरोकारवालाको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।
मासुको मालिकबारे भने प्रहरीले अनुसन्धान जारी राखेको छ।
दक्षिण प्रशान्त क्षेत्रमा रहेको भानुआटु नजिक अक्टोबर २४ मा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!