जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ।
भेरी नगरपालिका-११, जगतीपुरमा औषधि पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपककुमार थापाको उपचारका क्रममा गत साउन २८ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रहरीका अनुसार थापामाथि गत साउन २५ गते राति भेरी नगरपालिका-१०, नुवागाउँमा कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भेरी नगरपालिका-८ का ३३ वर्षीय वीरेन्द्र खत्री, भेरी नगरपालिका-९ का २१ वर्षीय नीरज रोकाय, सोही वडाका २१ वर्षीय शिशिर योगी गोसाईं, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय विनोद गोसाईं रहेका छन्।
पक्राउ परेका पाँचै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले कुटपिटको कारण, घटनामा संलग्न व्यक्तिहरूको भूमिका तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!