चर्चामा
स्याङ्जा। स्याङ्जाको वालिङ-१३ तारुखोलामा किसानले धान र मकैको विकल्पका रूपमा व्यावसायिक अकबरे खुर्सानी खेती थालेका छन्। करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी खुर्सानीका बिरुवा लगाइएको छ।
केदारनाथ कृषि फार्मका सञ्चालक दयाराम पाठकका अनुसार खाद्यान्न बालीभन्दा खुर्सानीबाट राम्रो आम्दानी हुने र बाँदरले समेत क्षति नगर्ने भएकाले खेती विस्तार गरिएको हो। अहिले दुई-तीन दिनमा करिब ३०० किलो खुर्सानी उत्पादन भइरहेको छ।
खुर्सानी प्रतिकिलो रु २२० मा बिक्री भइरहेको छ। हालसम्म करिब रु ७ लाखको खुर्सानी बिक्री भइसकेको पाठकले बताउनुभयो। उत्पादन स्थानीय बजारसँगै बुटवलको तरकारी मण्डी र यशोदा फुड्स प्रालिमा समेत पुग्ने गरेको छ। कृषि विकास परियोजनाबाट प्राविधिक सहयोग, मल्चिङ प्लास्टिक, मल तथा सुकाउने मेसिन पाएपछि किसानलाई खेतीमा थप सहज भएको छ। फार्मले आगामी दिनमा अकबरे खुर्सानी खेतीको क्षेत्र विस्तार गर्ने तयारी गरेको छ।
काठमाडौं । सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!